‘दाल भात तरकारी’मा प्रियंकाको हट आइटम डान्स (भिडियो) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘दाल भात तरकारी’मा प्रियंकाको हट आइटम डान्स (भिडियो)



काठमाडौं – शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ। ‘एन्टिबायोटिक खाउला’ बोलको युटुब मार्फत सार्वजनिक गरिएको गीतमा नायिका प्रियंका कार्कीको हट नृत्य देख्न सकिन्छ।

हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो उक्त गीतको म्युजिक भिडियोमा प्रियंकालाई बोल्ड देख्न सकिन्छ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ।

हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन्। यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ।  मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन्।