सुरु भयो 'दाल भात तरकारी' को मोफसल यात्रा - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सुरु भयो ‘दाल भात तरकारी’ को मोफसल यात्रा



आगामी २० बैशाखबाट सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र दाल भात तरकारीले आईतबारबाट मोफसल प्रचार यात्रा गर्दैछ ।

यात्राको क्रममा मोफसलका मुख्य शहरमा कन्सर्ट गरिने यो चलचित्रका निर्माता एवम् बरिष्ठ हाँस्यब्याँग्य अभिनेता हरिबँश आचार्यले जानकारी गराए ।

सुदन केसी निर्देशित यो चलचित्रले २५ चैतबाट बिर्तामोड देखि प्रोमोसन टुर गुरु गर्न लागेका हो । यात्राको क्रममा चैत्र २६ मा दमकमा, चैत्र २७ मा ईटहरी, २८ मा हेटौँडा, चैत्र २९ मा चितवन कन्सर्ट गरिने कार्यक्रम रहेको फिल्मका अर्का निर्माता किरण केसीले जानकारी गराए ।

यस्तै ३० मा बुटवलमा, बैशाख १ मा नेपागन्जमा, बैशाख २ मा दाङ र बैशाख ४ मा पोखरामा प्रोमोसन कन्सर्ट आयोजना गरिने भएको छ ।

देशव्यापी भ्रमणमा बरिष्ठ हाँस्यब्याँग्य अभिनेता हरिबंश आचार्य, किरण केसी, शिवहरि पौडेल, जुनु रिजाल काफ्ले, पुष्प खड्का, आँचल शर्मा, रामचन्द्र काफ्ले लगायतका कलाकार रहने छन् ।

चलचित्र दाल भात तरकारीमा हरिवंश आचार्य, मदन कुष्ण श्रेष्ठ, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, बसुन्धरा भुसाल, विल्सन बिक्रम राई, निरुता सिंह, प्रियंका कार्की, बर्षा राउत, पुष्प खड्का, जयनन्द लामा, आँचल शर्मा, शिशिर वाङ्देल, रबिन तामाङ, मोहित वंश आचार्य, यमन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा हरिबंश र निरुताको जोडी पहिलो पटक देख्न पाइने भएको छ ।