दैलेखमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दैलेखमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु



सुर्खेत । बुधबार बिहान दैलेखमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्युु भएको छ ।

सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ का लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार ८ जना मध्ये ६ जनाको मृत्यु भएको र दुर्घनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌ं. ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं. १ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जिप सडकदेखि करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।