प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न हिमानीद्वारा कोष स्थापना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न हिमानीद्वारा कोष स्थापना



काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्।साथै उनले पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित ‘सन्देश संग्रह’ पुस्तक पनि सार्वजनिकगरिन ।

आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन्।

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन्।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरुको संग्रहबाट बिक्री भएको रकम पनि पीडितहरुलाई खर्च गरिने भएको छ।

हिमानी ट्रष्टले महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक, भूकम्प पीडित, बाढी पहिरो पीडित लगायतलाई सहयोग गर्दै आएको छ।