दैव त निष्ठुरी होस् ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दैव त निष्ठुरी होस् !



दैव त निष्ठुरी होस्

हो

दैव त निष्ठुरी होस्
के दोस थियो तिनको ?
के दोस थियो वाउ आमाको ?
सेतो एप्रोनको सट्टा
सेतै कफन पहिराइस
बाउ आमाको एउटा आशा
परिवारको एउटा भरोसा
दन दनि जलाइ्स र खरानी वनाइस्
वर्षौको मिहीनेत र लगानीलाई
निमेक भरमै धुंवामा उडाइस
हो दैव त्यसैले तं निष्ठुरी होस् ।

छोरा छोरीको स्वागत गर्न
नामको अगाडी डा राख्न
र समाजको अगाडी छाती फुलाउन
क्ति थिए होला इच्छा र चाहाना
तर
तर दैव तलाई कहा सह्य भयो र ?
त्यसैले त
वाउ आमालाई साक्ष्ँी राखिस्
धूवाको मुस्लो उडाइस्

सवैलाई खरानी वनाइस् ,
त्यसैले त म भन्छु
दैव त निष्ठुरी होस्
त कायर होस्
त निकम्मा होस्
त पापी होस्

डा. वने भनेर सुनाउन,
सात समुन्द्र पार वाट
कोसौ दुरी पार गरि
घरकै आगनमा ल्याइस्
हतमा फुलको माला लिएका
दिदी वहिनी रुवाइस् ,
स्वागतको मालालाई
विदाइको माला गराइस,
त्यसैले दैव
हे त्यसैले दैव तलाई नि छुटेन परोस
छोरा छोरीको यादमा घुट्न परोस् ∕
धर धरी आशु झारेर
पश्चातापमा जल्न परोस् ∕
किनकी दैव त
कायर होस् ∕
निकम्मा होस् ∕
पापी होस्

निष्ठुरी होस्

ई. नवसुजित भण्डारी
बुटवल, १३ वेलवास