डडेल्धुरामा ट्याक्टर दुर्घटना : १३ जना घाइते - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

डडेल्धुरामा ट्याक्टर दुर्घटना : १३ जना घाइते



कैलाली । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आलिताल गाउँपालिकाको मेलखर्कमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

आइतबार दिउँसो मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ जना मध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिका कारण ट्याक्टर सडकमै पल्टिएको प्रहरीले जनाइएको छ। फाइल तस्बिर :