डडेल्धुरामा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

डडेल्धुरामा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो



कैलाली । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

बिहीबार साझ रडुवाखोलामा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको र ८ जनाकाे उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्किदा से १ प २९३ नम्बरको बस दुर्घटनामा परेको हो । बस डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि धनगढी लगाएत अन्य ठाउँमा रेफर गरिएको प्रहरीले जनाएको छ ।