डडेल्धुरामा ट्याक्टर दुर्घटना : शिक्षकको मृत्यु - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डडेल्धुरामा ट्याक्टर दुर्घटना : शिक्षकको मृत्यु



डडेल्धुरा-

डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गएराती ट्याक्टर दुर्घटना हुदाँ एक शिक्षकको मृत्यु भएको छ ।

समैजी अधारभुत बिद्यालय आलितालमा कार्यरत ४० बर्षीय शिक्षक श्याम कलौनिको मृत्यु भएको आलिताल प्रहरी चौकिका इन्चार्ज प्रहरि सहायक निरिक्षक बिरबहादुर धामीले जानकारी दिए ।

गोदाम बजारबाट बालुवा लोड गरि कुर्जेनी गाउँ तर्फ आउदै गरेको से २ त २८५० नम्बर ट्क्याटर दुर्घटनामा परि आलिताल गाउँपालिका– ८ पदम राना समेत सामान्य घाईते भएका छन् ।

चालक धनजीत धामी फरार रहेको प्रहरि सहायक निरिक्षक धामीले जानकारी दिएका छन् । क्षमता भन्दा बढी लोड भएका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । फाइल तस्बिर