डडेल्धुरामा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

डडेल्धुरामा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु



डडेल्धुरा। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. ३ गजरौलामा आज जिप दुर्घटना हँुदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुर तर्फ सवार से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाईतेको उपचारका लागी २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुन नसकेको जनाईएको छ ।