डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते



डडेल्धुरा । डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६ छेलाका २ वटा घरमा बिहिबार साँझ ६ बजेतिर चट्टयाङ्ग पर्दा उनिहरु घाइते भएका हुन्।

पानी र हावाहुरीसंगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवि बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवि दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवि धामी, २५ वर्षीय मायादेवि धामी १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवि धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते ६ जनाको अवस्था समान्य रहेको भए पनि घाइते मध्ये बेलादेवि धामी र मायादेवि धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए। गम्भीर घाइते दुई जनालाई एम्बुलेन्स मार्फत जोगबुडा अस्पतालमा ल्याइएको उनले बताए।

यस्तै परशुराम नगरपालिका ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन्। घाइते हुनेहरुमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवि भट्ट, १३ वर्षीउ हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरिक्षक जोशीले बताए।