डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

डडेल्धुरामा बस दुर्घटना : ६ जनाको मृत्यु



डडेल्धुरा : गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।

फाइल तस्बिर