डडेल्धुरामा बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
डडेल्धुरा- डडेलधुरामा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ स्याउले खोटो डीपो मोडमा महेन्द्रनगरबाट बझाङ जादै गरेको महाकाली यातायातको ना ७ क ६५२२ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको से ४ प ५८८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जना युवकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाईकलमा सवार अमरगढी नगरपालिका-११ का २० वर्षीय भरत बोहोराको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देवराज खत्रीले जानकारी दिए ।
मोटरसाईकल चालक गन्यापधुरा गाउँपालिका- ३ का १९ वर्षका महेश ठगुन्नाको अवस्था गम्भीर रहेकोले घाइते भएका ठगुन्नाको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको प्रहरी नायब निरिक्षक खत्रीले बताएका छ्न ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई नियन्त्रणमा लिएको छ।

