डडेलधुरा अस्पताल तनावग्रस्त - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डडेलधुरा अस्पताल तनावग्रस्त



डडेलधुरा- उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन् । सुत्केरी भएकी २६ वर्षकी गीता ताम्राकारको रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो । १५ दिन अघि शल्यक्रिया गरिएको उनको रक्तश्राव नरोकिएपछि शुक्रबार फेरि अस्पताल लगिएको थियो ।

अस्पतालले लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका हुन । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमानेको आरोप लगाएका छन् ।

स्थानीयको ढुंगामुढासहितको प्रदर्शनले अस्पतालमा सामान्य क्षति पुगेको छ। गीताले जन्माएको शिशुको अवस्था भने सामान्य छ।