दबंग-३: कुरा धेरै ब्यापार सुन्य, खस्कियो सलमानको क्रेज - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

दबंग-३: कुरा धेरै ब्यापार सुन्य, खस्कियो सलमानको क्रेज



मुम्बई- बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’को व्यापार दोस्रो सातामा खस्किएको छ ।

अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्युज’ रिलिज भएपछि सलमानको फिल्मको व्यापार खस्किएको हो ।

सलमानको फिल्मले दोस्रो साताको शनिबार (नवौं दिनमा) भारतमा ४ करोड रुपैयाँको मात्र व्यापार ग¥यो ।

जबकि, शुक्रबार रिलिज भएको गुड न्युजले दोस्रो दिनसम्ममा करिब ४० करोडको व्यापार भारतमा गरेको छ । यो भनेको दबंग ३ को भन्दा राम्रो व्यापार हो ।

सलमान खानको दबंग ३ ले भारतमा २ सय करोडभन्दा माथिको व्यापार गर्ने आशा गरिएको थियो । तर, प्रदर्शन भएको नौ दिनमा यो फिल्मले भारतमा जम्मा १ सय ३३ करोडको मात्र व्यापार गरेको छ ।

फिल्ममा कथा निकै कमजोर भएको र सलमानले दबंग र दबंग २ भन्दा दबंग ३ कमजोर फिल्म बनाएको टिप्पणी दर्शकदेखि समीक्षकसम्मले गरेका छन् । यो फिल्मभन्दा अक्षयको गुड न्युजले बढी व्यापार गर्ने अनुमान गरिएको छ ।

दबंग २ ले कुल १ सय ५६ करोडको व्यापार भारतमा गरेको थियो । तर, दबंग ३ ले दोस्रो साता पूरा हुँदासम्म १ सय ४५ करोड आसपासको व्यापार गर्ने र दबंग २ जतिले गरेको कुल व्यापार पनि यसले गर्न नसक्ने फिल्म व्यापार समीक्षकको समीक्षा छ ।

अभिनेता सलमानले पनि आफूले सोचेअनुसार व्यापार गर्न नसकेको स्विकारेका छन् ।