९ वटा ग्यास सिलिण्डर विस्फोट : ३ होटेल जलेर नष्ट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

९ वटा ग्यास सिलिण्डर विस्फोट : ३ होटेल जलेर नष्ट



काठमाडौं – विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

एकाविहानै आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट भएपछी स्थानीयवासी त्रसित बनेका थिए  ।होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ ।

ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ ।

होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो ।

त्यसपछि आगोको मुस्लोधार नै देखियो भने निरन्तररुपमा सोहि स्थलमा राखिएको अन्य ग्यास सिलिण्डर समेत विस्फोट भयो । सोको आवाज अत्याधिक शक्तिशाली थियो । जसले गर्दा सो वरपरका सर्वसाधारणहरु जागेर घटनास्थल तर्फ दौडेको स्थानीयवासीहरुले बताए ।

घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाइएको छ ।