करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु  - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु 



कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

विद्युत प्राधिकरणमा कार्यरत भिमदत्त नगरपालिका- १९ का चन्द्रदेव भट्टको विद्युत कार्यालयमा आइतबार बिहान करेन्ट लागी मृत्यु भएको हो । भट्ट विद्युत कार्यालयमा गार्डका रूपमा काम गर्दै आएका थिए ।

आइतबार बिहान करिब ६ बजेर २० मिनेट जाँदा लालपुरस्थित विद्युत कार्यलयमै उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले वेदकोटको लालपुर क्षेत्रमा सवारीसाधन बन्द गरी आन्दोलन गरिरहेको स्थानीय उमेश बडुले जानकारी दिए ।