करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु



कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी नगरपालिका-१० का ३३ वर्षीय जबरसिंह चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता दक्ष बस्नेतले जानकारी दिए । उनको शनिबार राति करिब ११ बजे ज्यान गएको हो ।

अर्का मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्नेतले बताए । सांकेतिक तस्वीर :