करेन्ट लागेर कैलालीमा एक जनाएको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

करेन्ट लागेर कैलालीमा एक जनाएको मृत्यु



विशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका -२ मा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोडाघोडी नगरपालिका -२ साडेपानीमा रहेको दशरथ माबीको प्राङ्गणमा आइतबार हुने सरस्वती पुजाको तयारी गरिरहदा बाँस ठड्याउने क्रममा हाइटेन्सन तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाजुरा घर भइ हाल साढेपानीमा बस्दै आएका २३ वर्षिय रुकुम जोशी रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । जोशीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर साडेपानीकै करिब १५ वर्षिय सुशील बिस्ट तथा करिब १८ वर्षिय खम्बिर जोशी घाइते भएको छन् । घाइते बिष्ट तथा जोशीको उपचारपछि अवस्था सामान्य रहेको छ । मृत्यक जोशी सिटिइभिटि बाट मान्यता प्राप्त गरि त्यहा अध्ययन गराउने प्राबिधिक शिक्षक हुन भने बिस्ट कक्षा ८ मा अध्ययनरत विद्यार्थी तथा जोशी प्राबिधिक शिक्षा पढ्ने विद्यार्थी हुन् ।