कतारी रियाल, दिर्हाम र मलेसियन रिंगिटको मुल्य बढ्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कतारी रियाल, दिर्हाम र मलेसियन रिंगिटको मुल्य बढ्यो



नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०६ पैसा र विक्रिदर २९ रुपैयाँ २३ तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ७० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।