हिसारमा सांस्कृतिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिसारमा सांस्कृतिक कार्यक्रम सम्पन्न



हरियाणा/हिसार

भारतको हरियाणा राज्यमा प्रसिद्ध नेपाली गायक गायिकाको प्रस्तुतिमा नयाँ वर्ष २०७५ सालको अवसरमा  बृहत् सांस्कृतिक धमाका सम्पन्न भएको छ  ।

प्रकाश परियारको  सभापतित्व रहेको  कार्यक्रममा  प्रमुख अतिथिमा हिसारका बिधायक कमल गुप्ता   थिए भने स्वागत दिनेश परियारले गरेका थिए ।

प्रमुख अतिथि बिधायक गुप्ताले हिसारमा आइपर्ने कुनै पनि  समस्यामा नेपालीहरूलाई सहयोग गर्ने      आवश्वासन दिँदै यस्ता संस्कृति झल्काउने कार्यक्रममा आगामी दिनमा पनि साथ दिने   बताए ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका गायक बद्री पंगेनी स्टेजमा  आउँदा हुटिंगले कार्यक्रम हल नै गुन्जयिमान भएको थियो ।

हास्य कलाकार उज्वल गिरी ‘दानवीर’ले पेट मिची मिची दर्शकलाई हँसाएनन मात्र आफ्नो भर्खरै मात्र बजारमा आएको लोक गीत  म:म खान जाम भन्ने पनि गएका थिए ।

कलाकार रुपा घर्ती मगर ,दीपक गरौजा ,नारायण बिपी परियार ,प्रिया भण्डारी , नन्दु परियार ,सपना गाहा ,भुवन विश्वकर्मा,अनु राना मगर र  सबिता भुषाल (नृत्य )  आदिले आफ्नो प्रस्तुति दिएका थिए ।

हिसारको फ्लामिंगो टुरिष्ट रिशोर्टमा  सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भने लोकदोहोरी गीत प्रतिष्ठान पाँच नम्बर प्रदेश संयोजक एवं कुशल गायक लक्ष्मण खड्का  गरेका थिए ।कार्यक्रमको आयोजना भने न्यु सागर एन्ड सगरमाथा टुर एण्ड ट्रावल्स,हिसार शाखाले थियो ।

उक्त कार्यक्रममा हेल्प फर नेपाल सङ्घ ,दिल्लीले स्वयम् सेविकाको भूमिका निर्वाह गरेको थियो ।सङ्घले भारतमा हुने विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।