आइपिएल: धोनीको टिम कलकत्तासँग हार्‍यो ! - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आइपिएल: धोनीको टिम कलकत्तासँग हार्‍यो !



इडन गार्डेन क्रिकेट मैदानमा भएको बिहीबार साँझको आइपिएल खेलमा चेन्नई सुपर किंग्स कलकत्ता नाइट राइडरससँग ६ विकेटले पराजित भएको छ ।

खेल सुरुवात गरेको चेन्नईले २० ओभरमा १७७ रन बनाएको थियो भने ५ विकेट गुमाएको थियो ।

१७.५ ओभरमा १८० रन बनाएर चेन्नई विरुद्ध जित हासिल गरेको कलकत्ताले ४ विकेट गुमाएको थियो ।

यससंगै चेन्नई सुपर किंग्स अंक तालिकामा १ स्थान तल ओर्लिएको छ, यो भन्दा अगाडी पहिलो नम्बरमा चेन्नई थियो । कलकत्ता भने लगातारको दुई जितले तेश्रो नम्बरमा उक्लिएको छ ।