शनिबार क्रोएसिया र मोरक्को भिड्ने- तेस्रो स्थानमा को आउला ? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

शनिबार क्रोएसिया र मोरक्को भिड्ने- तेस्रो स्थानमा को आउला ?



विश्वकप फुटबल–२०२२ मा तेस्रो स्थानका लागि साबिक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन्। यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रोपटक भेट हुने पक्का भएको हो।

मोरक्को सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो। क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए।

यी दुई टोलीको खेल शनिबार राति ८:४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ। मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए। क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेको थियो।

उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो। यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन। मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो।