क्रिकेटमा नयाँ 'फर्म्याट'को खेलको प्रस्ताव ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

क्रिकेटमा नयाँ ‘फर्म्याट’को खेलको प्रस्ताव !



एजेन्सी– इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट (इसिबी) ले क्रिकेटमा नयाँ फर्म्याटमा प्रतिस्पर्धाको प्रस्ताव गरेको छ। प्रस्ताव गरिएको नयाँ फर्म्याटलाई ‘१०० बल्स’ को नाम दिइएको छ।

नयाँ फर्म्याटको प्रतियोगिता इसिबीले बिहीबार सार्वजतिक गरेको हो। प्रतियोगितामा ८ टिमले भाग लिनेछन्।

नयाँ फर्म्याट १६ ओभरको हुनेछ। जसमा १५ ओभरमा हालको निमयअनुसार ६–६ बल हुनेछ भने अन्तिम ओभरमा १० बल हुने प्रस्ताव गरिएको छ। यो फर्म्याट टी–२० भन्दा २० बल कम हुनेछ।

बिहीबार एमसिसी मैदानमा नयाँ फर्म्याटको प्रतियोगिता सुरु गर्ने घोषणा गरिएको हो। सहरका टिममा आधारित प्रतियोगितामा साउथह्याम्टन, बमिङ्घम, लिड्स, लन्डन, म्यानचेस्टर, कार्डिफ, लन्डन र नटिङ्घमले प्रतिस्पर्धा गर्नेछन्।

‘यो ताजा र उत्साहजनक अवधारणा हो। जसले युवा र नयाँ फ्यानलाई आकर्षित गर्न सकिनेछ,’ इसिबीका सिइओ टम ह्यारिसनले भनेका छन्।