कुनै हालतमा संशोधन विधेयक सफल हुन नदिने एमाले निर्णय - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

कुनै हालतमा संशोधन विधेयक सफल हुन नदिने एमाले निर्णय



 
हिमालपोष्ट, १६ वैशाख

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साथै संविधान संशोधन विधेयकलाई असफल बनाउन सम्पूर्ण उपाए लगाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी र कांग्रेस नेताहरुसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्न प्राविधिक समस्या देखिएको बाताएको र कांग्रेसले संशोधनमा समर्थन गर्न आग्रह गरेको उनले बैठकमा सुनाए । सरकारका पछिल्ला गतिविधि, संशोधन विधेयकका नाममा संसदमा गर्न खोजिएको ध्रविकरण चुनाव हुन नदिने खेलका रुपमा विश्लेषण गर्दै एमालेले बैशाख ३१ मै स्थानीय चुनाव गर्नु पर्नेमा जोड दिएको छ ।

साथै संविधान संशोधन विधेयक फिर्ता लिएर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । संशोधन अघि बढाउन खोजे त्यसलाई असफल पार्न सम्पूर्ण प्रयास गर्ने निर्णय भएको सचिव योगेश भट्टराईले बताए