सीपीएलमा चार नेपाली खेलाडी ड्राफ्टमा पर्न सफल - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सीपीएलमा चार नेपाली खेलाडी ड्राफ्टमा पर्न सफल



काठमाडौं। क्यारेबियन प्रिमियर लिग सीपीएल टी २० क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका चार खेलाडीको नाम समावेश भएको छ । सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने तिब्र गतिका बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन् ।

सन्दीपले गत सिजनको सीपीएल पनि खेलका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट सीपीएल खेलेका थिए । गत सिजन सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिनेछ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५ सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् ।