सीपीजेले भन्यो- नेपालको सरकारले चालेको कदम गलत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सीपीजेले भन्यो- नेपालको सरकारले चालेको कदम गलत



काठमाडौं । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको प्रेस स्वतन्त्रतालाई चुनौती दिने विधेयकप्रति आफ्नो गम्भीर चासो भएको जनाउँदै नेपालका विधायक र सरकारलाई नागरिक समाजको भनाइ र मिडियाको सिफारिस अनुरुप संशोधन गर्न आग्रह गरेको छ ।

सीपीजेका एशिया कार्यक्रम संयोजक स्टेभेन बटलरले प्रेस सम्बन्धी अहिलेको सरकारले ल्याएको नीतिले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित पार्ने जनाइएको छ । उनले सरकारलाई मिडिया र अन्य साझेदारसँग सम्वादमा सामेल हुन आग्रह गर्दै त्यसपछि विधेयक संशोधन गर्न आग्रह गरिएको छ ।

यसो गरिएमा नै नेपालमा पत्रकारले डरबिना र सुरक्षित ढंगले पत्रकारिता गर्न सक्ने जनाइएको छ । सीपीजेले सामाजिक सञ्जाल सम्बन्धी सरकारले संसदमा दर्ता गरेको विधेयकका बारेमा पनि चासो राखेको छ । सो संगठनले सो विषयमा नेपालका प्रधानमन्त्रीको कार्यालयलाई इमेल पठाएको भएपनि त्यसो जवाफ नदिइएको जनाएको छ ।