सीपी मैनालीले भने: देश बचाउने भए ओलीलाई देशको जिम्मा दिनुपर्छ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सीपी मैनालीले भने: देश बचाउने भए ओलीलाई देशको जिम्मा दिनुपर्छ



नेकपा मालेका महासचिव सीपी मैनालीले अब देशलाई ओलीको नेतृत्व चाहिएको बताएका छन् । उनले देश जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताए ।

२५ औं तुलसीलाल अमात्य स्मृति तथा शहिद भिमदत्त पन्तको ६९औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव मैनालीले अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व ओलीलाई सुम्पिनुपर्ने बताएका हुन् ।

मैनालीले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भएको भन्दै चर्को आलोचना गरेका थिए । उनले भने, ‘एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउन अध्यक्ष ओलीलाई आग्रह गर्दछु । एमाले अध्यक्ष ओलीले यस विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।’

एमालेको नेतृत्वमा चुनावी गठबन्धन हुने अवस्थामा बहुमत ल्याउन सकिने भएकाले त्यतातर्फ सोच्न महासचिव मैनालीले अनुरोध गरे ।

महासचिव मैनालीले प्रचण्ड, माधवहरु विदेशीको भरिया बनेको बताए । मैनालीले प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा लागेको भन्दै नक्कली वामपन्थी भएको आरोप समेत लगाए ।