परमादेश दिने बाँकी ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने एमालेको तयारी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

परमादेश दिने बाँकी ४ न्यायाधीशमाथि पनि महाभियोग दर्ता गर्ने एमालेको तयारी



सत्तारूढ गठबन्धनका ९८ सांसदले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेलगत्तै राजनीतिक वृत्तमा ठूलै भूकम्प गएको छ ।

सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको सहमतिमा लगाइएको महाभियोगबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जानकारी दिइएको थिएन ।

महाभियोग प्रस्ताव लगत्तै जबरा निलम्बनमा परेका छन् भने दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । महाभियोग प्रस्तावपछि एमालेले यसबारे छलफल गर्न संसदीय दलको आकस्मिक छलफल डाकेको छ ।

छलफलमा जाने क्रममा रहेका एक सांसदले हिमालपोस्टसँग भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिनेमध्ये बाँकी ४ सांसदहरूमाथि पनि महाभियोग प्रस्ताव दर्ता गर्नेबारे हामीले छलफल गर्नेछौं ।’

जबराविरुद्धको महाभियोगलाई लिएर एमालेले बाँकी चार न्यायाधीशमाथि काउन्टर महाभियोग दर्ता गर्न सक्ने सम्भावना देखिन्छ ।

गत आसार २८ गते जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसदको दोस्रो विघटन असंवैधानिक बताउँदै ओलीलाई नै पदमुक्त गरिदिएको थियो ।