कोरोना परिक्षण गर्ने उपकरणसंगै पाँचजना स्वास्थ्यकर्मीको टोली धनगढीमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कोरोना परिक्षण गर्ने उपकरणसंगै पाँचजना स्वास्थ्यकर्मीको टोली धनगढीमा



कैलाली । संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका सामाग्री धनगढी पुगेको छ ।

चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलीकोप्टर मार्फत धनगढी पठाएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर प्रयोगशालाका उपकरण लिएर आज धनगढी पुगेको बताए।

संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ।