बढेका छैनन् कोरोना संक्रमित: स्वास्स्थ्य मन्त्रालयले दियो गलत सुचना - Himal Post Himal Post
  • १२ माघ २०८१, शनिबार
  •      Sat Jan 25 2025
Logo

बढेका छैनन् कोरोना संक्रमित: स्वास्स्थ्य मन्त्रालयले दियो गलत सुचना



काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको भनेर स्वास्स्थ्य मन्त्रालयले गलत सुचना दिएको खुलेको छ। कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गरेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो । यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा दोस्रोमा थप पाँचजना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको थियो ।

तर बिहान दोस्रो पटक जारी भएको पाँचजना नयाँ संक्रमित भन्ने जानकारी सही नरहेको मन्त्रालयले स्वीकार गरेको छ ।

प्राविधि त्रुटिका कारण पुरानो विज्ञप्ति नै पुनः नयाँ मितीमा जारी भएको भन्दै मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले माफी मागेका छन् । अहिलेसम्म बिहीबार थपिएका संक्रमित दुईजना मात्रै रहेको उल्लेख छ ।