कांग्रेसका कारण हामी पराजय भयौ :राणा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कांग्रेसका कारण हामी पराजय भयौ :राणा



राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेसका कारण प्रजातन्त्रिक पार्टीहरुको पराजय भएको आरोप लगाएका छन्।

मंगलबारबाट काठमाडौँमा आरम्भ भएको पार्टीको केन्द्रीय समतिको बैठकको उद्घाटन गर्दै अध्यक्ष राणाले राप्रपामा आएको विभाजन र कांग्रेसका कारण नै लज्जाजनक हार भएको स्वीकार गरे। ‘राप्रपामा आएको फुट र लोकतान्त्रिक गठबन्धन मजबुद नहुनु नै पराजयको मुख्य कारण हो’, ‘उनले भने, ‘यो हारको जिम्मेवारी अध्यक्षको हैसियतले मैले लिन्छु।’

अध्यक्ष राणाले मुलुकमा बाम गठबन्धनको बर्चस्व कायम हुनुलाई आफूले स्वभाविकै रुपमा लिएको पनि बताए। ‘लोकतान्त्रिक गठबन्धन कमजोर रहेको बेला ठूलो हल्लाखल्ला सहित आएको वाम गठबन्धनको वर्चश्व हुनु स्वभाविकै हो’, उनले भने, ‘वाम गठबन्धनले काम गर्न खोजेजस्तो देखिन्छ, हामी राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्छाैं।’ अध्यक्ष राणाले सरकारका लागि मुलुकलाई अघि बढाउन ठूलो चुनौती रहेको पनि बताए।

तीन दिनसम्म चल्ने पार्टीको केन्द्रीय कार्य समिति बैठकले निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारको गम्भीर समीक्षा गर्दै भावी योजना तय राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले जनाएको छ।