सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन क्षेत्रमा को खटिए ? - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सुदूरपश्चिमका ३२ निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो प्रतिनिध, कुन क्षेत्रमा को खटिए ?



काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।

३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए ।

कुन निर्वाचन क्षेत्रमा को खटिए ?

१. लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ (ख)
२. जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ (क)
३. मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ (क)
४. गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ (क)
५. चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ (क)
६. उत्तम कठायत : कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ (क)
७. अनुराधा स्वाँर : सदस्य, कैलाली क्षेत्र नं. १ (क)
८. ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ (ख)
९. तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ (क)
१०. गौरी सिंह बोहरा : सदस्य, कैलाली क्षेत्र नं. २ (ख)
११. राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ (क)
१२. सुरत बहादुर रावत (डोटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ (ख)
१३. भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ (ख)
१४. कान्ता चन्द : सदस्य, कैलाली क्षेत्र नं. ५ (क)
१५. पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ (ख)
१६. मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ (ख)
१७. दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (क)
१८. करवीर सिंह कार्की : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (ख)
१९. दिवाकर पाण्डेय : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (क)
२०. रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (ख)
२१. निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (क)
२२. धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (ख)
२३. तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ (क)
२४. तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ (ख)
२५. धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ (ख)
२६. टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ (क)
२७. राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ (ख)
२८. रन सिंहबहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ (ख)
२९. राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ (क)
३०. केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ (ख)
३१. गणेशबहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ (क)
३२. राजेन्द्रबहादुर खड्का : बाजुरा क्षेत्र नं. १ (ख)