कांग्रेसले संसद अवरुद्ध गर्नु गलत :नेता पौडेल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेसले संसद अवरुद्ध गर्नु गलत :नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद अवरुद्ध गरेको प्रति असहमति प्रकट गरेका छन् । उनले संसदमा पार्टी भूमिकामाथी नै प्रश्न उठाएका हुन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा उनले सर्लाही घटनालाई लिएर संसद अवरोध गर्नु गलत भएको बताए । संसदमा पार्टीको भूमिकाप्रति असहमति जनाउदै उनले सर्लाही घटनालाई लिएर संसद अवरोध गरेकोमा विरोध पनि जनाए । विप्लव समूहका विषयलाई लिएर संसद अवरोध गर्नु र प्रवक्ताले वार्तावार्ता मात्र भन्नु गलत भएको टिप्पणी गरे ।

प्रहरी भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद अवरुद्ध बनाउदै आएको छ । यो माग पुरा गर्न सरकार र सभामुखलाई दबाव दिँदै कांग्रेसले राजपासँग मिलेर लगातार संसद अवरुद्ध गर्दै आएको छ । केही दिनअघि भएको सर्वदलिय बैठकपनि विना निष्कर्ष सकिएको थियो ।