सासंदलाई मंचबाट फालेपछि काँग्रेसको सभा तनावग्रस्त - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सासंदलाई मंचबाट फालेपछि काँग्रेसको सभा तनावग्रस्त



सप्तरी । जागरण अभियानको अन्तिम दिन काँग्रेस सप्तरीले आयोजना गरेको कार्यक्रममा बबाल मच्चिएको छ । जिल्लाबाट निर्वाचित भएका सांसदलाई जिल्ला सभापति पक्षधरहरुले मंचबाटै धक्का दिएर लडाएका छन् ।

कार्यक्रममा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मंचबाटै धक्का दिएर लडाएपछि एक समुहले कार्यक्रम बहिष्कार गर्दै उनीविरुद्घ चर्को नारावाजी सहित प्रदर्शन र विरोध सभा गरेका छन् ।

कार्यक्रम सुरु हुने बेलामा आफुलाई मर्यादा क्रम मिचेर मंचमा आसन ग्रहणका लागी बोलाइएको भन्दैै आक्रोसित बनेका सासद चौधरीले मंचमै सभापति यादव समक्ष आपती प्रकट गरेका थिए । आफु काँग्रेसबाट जिल्लाको एक मात्र निर्वाचित प्रतिनिधि सभा सदस्य भएपनि गाउँ र नगरपालिकाका पदाधिकारी भन्दा पनि पछाडी आसन ग्रहका लागी बोलाइएको भन्दै सासद चौधरी आक्रोसित बनेका थिए।

यही कुरा कडा रुपमा सभापति यादव समक्ष मंचमा राख्दै गर्दा सभापति पक्षका केहि व्यक्तिले धक्का दिएर मंच तल लडाइ दिएको सासद चौधरीले बताए । घटनापछि आक्रोसित सासद चौधरी सहित पूर्व सभासद रंजित कर्ण, काँग्रेसी नेता रामदेव साह लगायतको नेतृत्वमा एक समुहमा कार्यक्रम बहिष्कार गरी सभापति यादव विरुद्घ चर्को नारावाजी गर्दै नेता चौकमा पुुगी विरोध सभा गरेका छन् ।

उक्त विरोध सभामा बोल्दै सासद चौधरीले मंचमा सभापाति यादव पक्षधरले आफु माथि गरेको दुव्र्यवहारको कडा भत्र्सना गर्दै सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टिको केन्द्रिय समितिले कार्यवाही गर्नुपर्ने माग गरको छन् ।