रोल्पामा पनि कांग्रेसले लियो अग्रता - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

रोल्पामा पनि कांग्रेसले लियो अग्रता



काठमाडौं- रोल्पाको गंगादेव गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ । भर्खरै सुरू भएको गणना अनुसार १ सय ३४ मत सक्दा नेपाली अध्यक्षका कांग्रेस उम्मेदवार हरि पुनले ४९ मत ल्याएका छन् भने उपाध्यक्षमा अमृता कुमारी केसी वलीले ५२ मत प्राप्त गरेकी छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन वलीले ३७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा निर्मला कुमारी वलीले ३७ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रका विरबहादुर खत्रीले १८ मत प्राप्त गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि वलीले १३ मत प्राप्त गरेका छन् भने उपध्यक्षमा शुशिला वलीले ८ मत प्राप्त गरेकी छन् ।

गंगादेवमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।