स्थानीय तह निर्वाचनमा कांग्रेसले बनायो अचम्मको रेकर्ड - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

स्थानीय तह निर्वाचनमा कांग्रेसले बनायो अचम्मको रेकर्ड



स्थानीय तह निर्वाचनको मत गनेर नसक्दै नेपाली काँग्रेसले एमालेले अघिल्लो स्थानीय निर्वाचनमा बनाएको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये २९४ स्थानीय तह जितेको थियो । यस पटकको नेपाली काँग्रेसले निर्वाचनको पुरै परिणाम नआउंदै एमालेको पुरानो रेकर्ड तोडेको हो ।

नेपाली कांग्रेसले सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तहमा जित निकालेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले १०६ जितेको थियो । यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ ।