संसदमा कांग्रेर र राजपा एकता - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

संसदमा कांग्रेर र राजपा एकता



काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही शुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतापार्टीका नेताहरुले उभिएर विरोध जनाएका थिए ।

सांसदहरु उभिएकै बेलामा सभामुख महराले बस्न आग्रह गरेका थिए । तर सांसदहरु उठिरहेपछि सभामुख महराले संसद बैठक सुचारु गर्ने प्रयास गरे । उनले अब शून्य समय सुरु हुन्छ भन्न साथ प्रतिपक्षी दलका सांसदहरु बेल तर्फ अगाडि बढेका थिए ।

सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने लगायतका माग राख्दै संसदमा नाराबाजी गरिरहेका छन् ।
सभामुख महराले भने सांसदहरुको बोल्न पाउने अधिकारलाई सुनिश्चितता नगर्दा संसदीय सर्वोच्च कायम नहुने बताइरहेका छन् ।

‘सदनको कारवाही यसरी अवरुद्ध हुँदा जनताका समस्या सदमा प्रवेश गर्न पाएको छैन’ सभामुख महराले भने,‘ सरकारले पनि त्यसलाई कारवाही गर्न पाएको छैन । सदस्यहरुले उठाएको विषय सरकार र सदनको ध्यानाकर्षण भएको छ । संसद अवरुद्ध रोकिदिनुस् आसन ग्रहण गर्नुहोस् र छलफलमा भाग लिनुस् ।’