कांग्रेस प्रचण्डको पछाडी हिँडेको प्रधानमन्त्री ओलीको आरोप - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कांग्रेस प्रचण्डको पछाडी हिँडेको प्रधानमन्त्री ओलीको आरोप



काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। आज काठमाडौंमा भएको पत्रकार अन्तरक्र्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेस पनि प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा लागेको आरोप लगाए।

उनले कांग्रेस नेतृ पुष्पा भुसालले केपी ओलीले गराएको चुनावमा पार्टीले भाग नलिने भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ती जनाए। ‘यो कुन लोकतान्त्रिक प्रक्रियाअन्तर्गत पर्छ त्यसो भए कसले गराएको चुनावमा भाग लिने त ?’ उनले भने।