प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धन गर्ने कांग्रेसको निर्णय - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धन गर्ने कांग्रेसको निर्णय



काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको हो।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।”

कांग्रेसले स्थानीय निर्वाचनमा पनि पाँच दलसँग चुनावी तालमेल गरेको थियो।