कांग्रेसबाट को को परे समानुपातिक बन्दसूचीमा ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसबाट को को परे समानुपातिक बन्दसूचीमा ?



कांग्रेसका भेट्रान नेता समानुपातिकतर्फको बन्दसूचीमा परेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फ लागि पाँच ठाउँबाट सिफारिस भएकी कांग्रेस नेतृ आरजु देउवासहित बिमलेन्द्र निधि, डा. रामशरण महत समानुपातिकतर्फ सूचीकृत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा परेकी छिन्।

कांग्रेस समानुपातिक सूचीमा डा. आरजु बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य अम्बिका बस्नेतलगायत बन्दसूचीमा परेका छन्।

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको हो। बन्दसूची बुझाउन नेताहरू निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका छन्।