बलात्कार आरोपमा काङ्ग्रेस नेता पक्राउ
ललितपुर- १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य ओखरपौवाका ज्ञानेन्द्र गजुरेल पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइैका अनुसार गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए ।
प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ ।
बलात्कारबारे उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।