कांग्रेस बैठक वैशाख ७ गते - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेस बैठक वैशाख ७ गते



काठमाडौ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

फाइल तस्विर