कांग्रेसको मधेश प्रदेशका प्रभावशाली नेताले दिए राजीनामा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कांग्रेसको मधेश प्रदेशका प्रभावशाली नेताले दिए राजीनामा



रौतहट- नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्।

लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार राजीनामा दिएका हुन्।

गुप्ताले एक प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपांगता भएको व्यक्तिलाई अवसर नदिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले गुनासो गरेका छन्।

आफू एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको गुप्ताको भनाई रहेको छ। कांग्रेस आफूजस्तो अपाङ्ग व्यक्तिका लागि संवेदनशील नभएको गुप्ताको बुझाइ रहेको छ।

राजनीतिबाहेक अन्य कुनै पेशा व्यवसाय वा रोजगारीमा नलागेका गुप्ताको नाम समानुपातिकतर्फ सिफारिश गरिएको थियो। आफू अपाङ्ग भएका कारण पार्टीले भेदभाव गरेको गुप्ताको गुनासो छ।

गुप्ता विगत केही वर्षदेखि सक्रिय रही कांग्रेस पार्टीलाई विभिन्न माध्यमबाट बलियो बनाउन उल्लेखनीय भूमिका खेल्दै आएका थिए।