६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय, अब के हुन्छ ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय, अब के हुन्छ ?



नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।

सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूका नाम राय पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

उक्त बैठकले आवश्यकता मधेस प्रदेशमा अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै, केन्द्रद्वारा तर्जुमा गरिने घोषणा पत्रमा मधेसको आर्थिक समाजिक रुपान्तरणको लागि मुद्दाहरु समावेश गराइने, स्वर्गीय नेता प्रदीप गिरिको निधन प्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको प्रचारप्रसार प्रमुख गुप्ताले जानकारी दिए ।