कांग्रेसमा निधि, खड्का र महत मनोनित - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कांग्रेसमा निधि, खड्का र महत मनोनित



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कांग्रेसका निवार्चित पदाधिकारी एवं सदस्यको बैठकले पदाधिकारी मनोनित गरेको हो ।

बैठकले सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेबमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह–महामन्त्रीमा डा. प्रकाशशरण महत गरि तीन जनालाई आज पदाधिकारीमा मनोनित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गरेको र कार्यसमितिबाट त्यसलाई अनुमोदन गराईएको थियो ।

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ। त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वा्चित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ।

विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ।