कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य योगेश भट्टराईले कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य डा। मीनेन्द्र रिजालले कम्युनिस्टले पेले संसद्बाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट भट्टराईले घुर्की नदेखाउन चेतावनी दिए । भट्टराइले कांग्रेसलाई संसद् छाडेर जान मन भए गए हुने जवाफ दिएका छन् ।

प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई शुक्रबार नेकपा कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भट्टराईले भट्टराईले भने– एकपटक सत्ता बाहिर पुग्दा कांग्रेस छटपटाएको छ । संसद छाड्ने घुर्की दिइँदैछ । घुर्की देखाउनु पर्दैन, संसद छाड्न मन लागे छाडे हुन्छ, केही फरक पर्दैन, ढोका खुला छ ।

बिहीबार संसद् बैठकमा कांग्रेस नेता रिजालले कम्युनिस्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।

भट्टराईले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाएका छन् । उनले भने, ‘हामीले बिर्सिएका छैनौं, विगतमा कांग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो ।अब कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए ।’