यसरी सुरु भएको थियो काङ्ग्रेसभित्र लफडा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

यसरी सुरु भएको थियो काङ्ग्रेसभित्र लफडा



काठमाडौं- ०७४ को तीनै तहको निर्वाचनमा पराजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई नैतिकताका आधारमा पदबाट राजीनामा दिन वा विशेष महाधिवेशन गर्न पार्टीभित्र चर्काे दबाब थियो।

तर त्यसलाई उनले स्वीकारेनन्। न त उनले चुनाव हारेको नैतिक जिम्मेवारी नै लिए।

कांग्रेसभित्रको ध्रुवीकरण प्रारम्भ यहींबाट भएको थियो। र, यहींबाटै सुरु भएको थियो, १४औं महाधिवेशनका लागि आफ्नो रणनीतिक मोर्चा मजबुत बनाउने दुवै पक्षको प्रयास। यो विश्लेषण आज आइतबारको नेपाल साप्ताहिकले छापेको छ।

देउवाले कांग्रेस मुख्यालय सानेपामा ११ पुसको केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका तोकिदिए।

देउवाइतर पक्षले बहिष्कार गरेको केन्द्रीय समितिको बैठकबाट देउवाले ०७७ को ७ देखि १० फागुनसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गराए।