अधिकांश ठाउँमा काँग्रेस उम्मेदवारको टुङ्गो - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अधिकांश ठाउँमा काँग्रेस उम्मेदवारको टुङ्गो



काठमाडौँ, जेठ २७ गते । 

नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ बाहेक अन्यत्रका अधिकांश ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  पार्टी कार्यालय सानेपामा केही दिनयता निरन्तर बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उम्मेदवारी टुङ्गो लगाउन थालेको हो ।

काँग्रेसले प्रदेश नम्वर १ मा सोलु र मोरङबाहेक अन्य स्थानमा उम्मेदवार टुङ्गो लगाएको छ भने प्रदेश नम्बर पाँचअन्र्तगत दाङको केही स्थान र प्रदेश नम्बर ७ को कञ्चनपुरका केही स्थानबाहेक अन्यत्र उम्मेदवार टुङ्गो लागेको छ ।

एकै स्थानमा धेरै उम्मेदवारका आकाङ्क्षी रहेपछि पार्टी नेतृत्वलाई उम्मेदवार चयन गर्न भने कठिन भएको छ ।  शुक्रबारको बैठकले ५ नम्बर प्रवेशको लागि पनि धेरै उम्मेदवारको टुङ्गो लगाएको छ ।  २ नम्बर प्रदेशका लागि भने स्थानीय तहबाट सम्पूर्ण नामावली पार्टीमा आइपुगेको छैन ।

प्राप्त नामावली मध्येबाट उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।  अब केही स्थानका लागि मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको र सकेसम्म छिटो टुङ्गाइने उहाँले जानकारी दिनुभयो ।