काँग्रेसको तर्फबाट प्रमुख सचेतकमा सरिता प्रसाईँ मनोनित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काँग्रेसको तर्फबाट प्रमुख सचेतकमा सरिता प्रसाईँ मनोनित



काठमाडौं,। राष्ट्रियसभामा नेपाली काँग्रेसको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य सरिता प्रसाईँ मनोनित हुनुभएको छ ।

काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले आज एक प्रेस विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले प्रसाईंलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको जनाउनुभएको छ ।