कांग्रेसको किचलो: उपसभापतिमा निधि, गोपालमानको बिरोध - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेसको किचलो: उपसभापतिमा निधि, गोपालमानको बिरोध



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको स्थगित भएको केन्द्रिय समिति बैठक यही वैशाख ७ गतेदेखि पुनः सुचारु हुँदैछ ।

निर्वाचनको विस्तृत समिक्षा गर्न चैत्र ९ गतेदेखि बसेको बैठक नेता खुमवहादुर खड्काको निधन भएपछि स्थगित भएको थियो । अब बस्ने बैठकले पदाधिकारी चयनदेखि अन्य संगठन प्रमुखहरु र विभागको नेतृत्व तोक्ने निश्चित भएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ ।

काग्रेस नेता खड्काको निधनपछि ५ दिन अर्थात चैत्र २२ गतेसम्म कार्यालय बन्द भएको र यो बीचमा कांग्रेस शीर्ष नेताहरु विभिन्न कार्यक्रमको लागि जिल्ला जिल्ला गएकोले जारी बैठक सुचारु गर्न केही दिन ढिलाई भएको थियो ।

वैशाख ७ देखि बैठक सुचारु हुने र दुई/तीन दिनमै सकिने उच्च स्रोतको दाबी छ । त्यसअघि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन, विभाग गठनजस्ता महत्वपूर्ण कामहरु सम्पन्न गर्ने तयारी थालेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार देउवाले उपसभापतिमा विमलेन्द्र निधिलाई नै मनोनित गर्ने भएका छन् । निधिलाई उपसभापतिमा मनोनित गरिने भएसँगै देउवा निकट अर्का नेता गोपालमान श्रेष्ठले आफूलाई बरिष्ठ उपसभापति दिनुपर्ने अडान लिएका छन् । उनले विधान संशोधन गरेर भएपनि आफूलाई बरिष्ठ उपसभापतिमा राख्नुपर्ने अडान लिएका छन् ।

त्यस्तै देउवाले नेता विजयकुमार गच्छदारलाई बरिष्ठ नेता रामचन्द्र पौडेलसरह हैसियत प्रदान गर्न लागेका छन् । देउवाको यो तयारीसँगै गच्छदारलाई बरिष्ठ नेता दिनसक्ने बुझिएको छ ।

महामन्त्रीमा पूर्ण बहादुर खड्का र सहमहामन्त्रीमा मीन विश्वकर्माको नाम चर्चामा छ । यद्धपी विश्वकर्माको नाममा भने बरिष्ठ नेता पौडेल र महामन्त्री सशांक कोइरालाले सहमत जनाएका छैनन् । तर देउवा भने आफ्नो अडानमा यथावत छन् ।